Logo
७ बैशाख २०८१, शुक्रबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूचना टाँस गरी प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगित

धनगढी : प्रदेश नं ७ प्रदेशसभाको मंगलबारको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ । आजको बैठकमा प्रदेश नं ७ प्रदेशको कर तथा गैरकरका राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफल गर्ने र मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक २०७५ टेबुल गर्ने कार्यसूची थियो । बैठक स्थगन हुनुपर्ने कारण भने बुझ्न नसकिएको सचिवालयका सचिव बालाराम शर्माले बताए । प्रदेशसभाको अर्को बैठक आगामी भदौ ६ गते दिउँसो १ बजेका लागि तोकिएको छ ।

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्