Logo
७ बैशाख २०८१, शुक्रबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बन्दको प्रभाव खासै परेन, देशभरको सुरक्षा व्यवस्था कडा

नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा मंगलबार बन्दको प्रभाव निकै न्यून रुपमा परेको छ । देशभरको सुरक्षा व्यवस्था कडा पारिएको र अहिलेसम्म गम्भीर खालको कुनै पनि घटना नभएको प्रहरीले जानकारी दिएको छ ।  

काठमाडौँ उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारिएको र बिहान ३ बजेदेखि नै ठूलो संख्या प्रहरी खटाइएको उनले जानकारी दिए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्द आह्वान गरे पनि त्यसको प्रभाव निकै न्यून परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए । 

उनले भने, ‘बन्दको प्रभाव त्यति परेको छैन । सुरक्षा व्यवस्था कडा पारेका छौँ । अज्ञात समूहले केही ठाउँमा शंकास्पद बस्तु र बम राखेर तर्साउन खोजे पनि ती बस्तु सुरक्षित रुपमा निष्क्रिय पारिएको छ ।’ काठमाडौँ, ललितपुर तथा भक्तपुरका प्रहरी प्रमुखले सुरक्षा व्यवस्था कडा पारिएको तथा बन्दको प्रभाव निकै कम परेको बताएका छन् ।

नागरिकको सुरक्षाका लागि आफूहरु प्रतिबद्ध रहेको उनले बताएका छन् । काठमाडौँको नैकापसहितका केही ठाउँ, ललितपुरको ग्वार्को, थसिखेल र बटुकभैरव तथा भक्तपुरको लोकनथली र सूर्यविनायकमा भेटिएका प्रेसर कुकर बम तथा शंकास्पद बस्तु निष्क्रिय पारिएको प्रहरीले जनाएको छ । 

२०७५ साउन २९ गते १२ : १७ मा प्रकाशित

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्