Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोजर प्रयोग गरी सडक खनेपछि चित्लाङमा पहिरोको जोखिम

संखुवासभा : चैैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ ।

अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् । केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो । स्थानीयवासी घनश्याम गौतम, हरिनारायण गौतम, हेमलाल गौतम र दिनेश गौतमको घर पहिरोले पुरिने डर छ ।

स्थानीय भगवती माविका प्रधानाध्यापक माधवप्रसाद गौतमका अनुसार पहिरोका कारण चैनपुरस्थित बाल मन्दिरको पर्खाल भत्केको छ । सडक अवरुद्ध छ । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट उक्त विद्यालयमा क्षति पुगेको थियो । विद्यालय पुनःनिर्माणका लागि स्थानीय उद्योगपति कृष्णगोपाल श्रेष्ठले रु ५० लाख सहयोग गर्नुभएको छ । अहिले भवन निर्माण भइरहेको छ ।

प्रकाशित मिति: Aug 14, 2018

प्रतिक्रिया दिनुहोस्