Logo
८ बैशाख २०८१, शनिबार
(August 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तोकिएको मजदुरी कार्यान्वयन नगरेको भन्दै उद्योगी र मजदु्रबीच तनाव बढ्दै

सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्र स्थित उद्योगी र मजदु्र बिच तनाव बढेको छ । सरकारले मजदुरहरुलाइै दैनिक ज्यालादारी बापत ५ सय ७ रुपियाँ मजदुरी तोकेको भन्दै उद्योगीहरुले त्यसको कार्यान्वयन गर्न नसकिने भने पछि उद्योगी र मजदुर बिच तनाव बढेको हो ।

सरकारले ६ देखि ८ घण्टासम्म मजदुरी गर्ने श्रमिकका लागि दैनिक ५ सय ७ रुपियाँ पारिश्रमिक तोकेपछि उद्योगी व्यवसायीले आफूहरुले त्यसको कार्यान्वयन गर्न नसक्ने बताएपछि मजदुरहरु आक्रोषित बनेका हुन् ।

मजदुरहरुले साविकमा दिदै आएको ३ सय ९५ रुपियाँ ज्यालादारी कम भएको र अहिले तोकेको ५ सय ७ रुपियाँ समेत अपुग रहेको अवस्थामा उद्योग सञ्चालकहरुले त्यो पनि दिन नमानेपछि आक्रोष व्यक्त गरेका छन् ।

करिडोर क्षेत्रमा कार्यरत २० हजार बढी मजदुरहरुले आफ्नो रोजीरोटी चल्ने गरी पारिश्रमिक दिनुपर्ने माग गरेका छन् भने उद्योगी व्यवसायीले अहिले दिइरहेकै पारिश्रमिक दिन समेत धौ धौ रहेको बताएपछि मजदुर र मालिक बिच द्धन्द्ध बढेको हो ।

सरकारले भदौ १ गतेदेखि लागु हुने गरी नँया पारिश्रमिक दर रेट तोकेकोमा त्यस अगावै उद्योगीहरुले निर्णय अस्विकार गर्ने घोषणा गरेपछि मालिक र मजदुर बिच समेत तनाव बढेको हो ।

मजदुर नेता अक्रम अलीले मालिकहरुले पारिश्रमिक तोके अनुसार नदिए मजदुरहरु काम छोडेर आन्दोलनमा उत्रने चेतावनी दिए । ‘हामि अझै केहि दिनको समय दिएका छौं अन्यथा हामि प्रर्दशनमा उत्रिने छौं’ उनले भने ‘हाम्रो एकताले आन्दोलनको रुप लिने छ ।’

प्रकाशित मिति: Aug 13, 2018

प्रतिक्रिया दिनुहोस्