Logo
१२ बैशाख २०८१, बुधबार
(August 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक वर्षको समय दिएर २ करोड धरौटी बनाउन म्यानपावर व्यवसायीको माग

धरौटी रकम आफूलाई पायक पर्ने बैकमा राख्न पाउनु पर्ने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले धरौटी २ करोड रुपैयाँ मात्रै बनाउन माग गरेको छ । संघले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई भेटेर एक वर्षको समय दिएर २ करोड धरौटी बनाउन माग गरेको हो । बढेको धरौटी बुझाउनका लागि एक वर्षको समय दिन र धरौटीको ब्याज पनि लिन मिल्ने व्यवस्था गरिदिन संघले आग्रह गरेको हो ।

एक करोड नगद र एक करोड बैक ग्यारेन्टी बनाउन संघले माग गरेको छ । यस्तै म्यानपावर कम्पनी मर्ज गर्ने विकल्प पनि दिन संघले माग गरेको हो । सरकारले तोकेको फ्रि भिसा फ्रि टिकटको निर्णय पनि परिवर्तन गर्न संघले माग गरेको छ ।

संघले कामदारले पाउने एक महिनाको शुल्क लिन पाउनु पनर्ने र यसो भएमा कामदारले अनिवार्य म्यानपावर कम्पनीको खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने समेत जनाएको छ । रोजगार दाताले प्रवद्र्धन खर्च नदिएमा एक महिनाको तलव बरारबर सेवा शुल्क लिन पाउनु पर्ने व्यवसायीको माग छ ।

धरौटी रकम आफूलाई पायक पर्ने बैकमा राख्न पाउनु पर्ने र विभागको सहमतीमा मात्रै धरौटी रकम चलाउन मिल्ने व्यवस्था गर्न संघले सुझाव दिएको छ । हाल ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी गरी ३० लाख रुपैयाँ रहेको छ । तर सरकारले ऐन संसोधन मार्फत ६ करोड पु¥याउने तयारी गरेपछि व्यवसायी पनि ३० लाखबाट बढ्न तयार भएका हुन् ।

२०७५ साउन २८ गते १८:४७ मा प्रकाशित

प्रकाशित मिति: Aug 13, 2018

प्रतिक्रिया दिनुहोस्