Logo
८ बैशाख २०८१, शनिबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्ना मागहरुबारे ‘फ्लोअप’का लागि राजपा नेताहरु पुगे बालुवाटार

काठमाडौं, २७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्यहरु प्रधानमनत्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । गत साउन ३ गते राजपाले बुझाएको ७ बुँदे माग पनि पूरा गर्न दबाब दिने राजपा नेताहरुले बताएका छन् ।

भेटमा राजपाले प्रधानमन्त्री ओलीसँग सरकार निर्माण गर्दा आफूसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेसहित माग राखेका छन् । राजपाले प्रधानमन्त्रीसँग गएको बिहीबार भेट्न समय मागेको थियो । तर, प्रधानमन्त्रीले समय नदिएको राजपा नेताहरुको गुनासाकाबीच आइतबार भेट भएको हो । 

राजपा अध्यक्षमण्डलको वैठकले सरकार विगतका सहमतिप्रति गम्भीर नभएको भन्दै अध्यक्षमण्डलका सबै सदस्यहरुले सामूहिक भेटेर छलफल गर्ने निर्णय गरेका थिए । भेटमा प्रधानमन्त्रीको तर्फाबाट के-के कुरा आयो ? त्यसको खुलासा भने भएको छैन । 

सविधान संशोधन, रेशम चौधरीको रिहाइ, थुनामा रहेका आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्ता लगायतका माग राजपाको रहेको छ । टीकापुर घटनाका आरोपी रेशम चौधरीको रिहाइको विषयलाई पनि राजपाले मुख्य मुद्दा बनाएको छ ।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्