Logo
८ बैशाख २०८१, शनिबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार माहासंघ रौतहटका उपाध्यक्ष, सचिव र सदस्यमाथी मुद्धा दायर

रौतहट, २७ साउन  : रौतहट स्थित नेपाल पत्रकार माहासंघका उपाध्यक्ष, सचिव र सदस्यमाथी लिखित गाली बेईज्जीतको मुद्धा दर्ता भएको छ । रौतहट जिल्ला अदालतमा उक्त मुद्दा दर्ता भएको हो । गौरबाट प्रकाशित क्राईम एक्सप्रेस दैनिकका प्रधान सम्पादक, सम्पादक तथा नेपाल पत्रकार महासंघको उपाध्यक्षद्वय आर्दश कुमार उपाध्याय, रजनी ठाकुर, प्रकाशक एवम महासंघका सचिव राजेन्द्र कुमार क्षेत्री र कार्यकारी सम्पादक तथा महासंघका सदस्य रश्मी पटेल विरुद्ध मुद्दा दर्ता भएको हो ।

गौर नगरपालिकाको उप–मेयर किरण ठाकुरको लिखत उजुरीपछि गाली बेईज्जीति ऐन अन्तरगत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । क्राईम एक्सप्रेस दैनिकले साउन २३ गते प्रकाशित गरेको गौर ‘नगरपालिकाकी उप–मेयर ठाकुरकी नगरमा लिला’ र २४ गते सोही पत्रिकाको सम्पादकियमा ‘उपमेयर ठाकुरकी नाली–बेली’ भन्ने सामग्री विरुद्ध ठाकुर अदालत पुगेकी हुन् ।

गाली बेईज्जती गरेको र सोको कारणले मेरे मानप्रतिष्ठामा ठुलो अघात गुगेको भन्दै उपमेयर ठाकुरले आईतवार लिखित उजुरी दिएकी हुन् । ‘म गौर नगरपालिको उपप्रमुख सहित न्यायीक समितिको सम्योजक भई निष्टापुर्वक कार्य गर्दै आएकोले जिल्लाको सदरमुकाम समेत रहेको गौर नगरपालिका अन्तर्गत महिलाहिंसा बढदै गएको र त्यस्को न्युनिकरणको लागि भारतीय सिमानमा रहेको दारु भटटीहरु बन्द गराउने अभियान संचालन गरेको, तर विना कुनै प्रमाण तथ्य हिन समाचार क्राईम एक्सप्रेस दैनिक पत्रिकाले लेखेको उनको उजुरीमा भनिएको छ ।

‘मनगढन्त कुराहरु प्रकाशित गर्दा मलाई ठुलै अघात भएको हुदाँ न्याय पाउँन र दोसीलाई सजाय गराउन क्राईम एक्सप्रेस दैनिक पत्रिकामाथि कडा करवाही होस्’ भन्दै उजुरीमा भनिएको छ – ‘राज्यको चौँथो अंगको रुपमा मर्यादित पत्रकारिता पेश एवं संचार माध्यमको आवञ्छित रुपमा दुरुपयोग गर्दै जनमानसमा भ्रम फैलाउने कार्य गरेको र मेरो चरित्रमा, मानप्रतिष्ठको हन्न गरेको छ’ ।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्