Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निको इन्सुरेन्ससँगको सहकार्यमा पत्रकारलाई दुर्घटना बीमा

रत्ननगर : चितवनको रत्ननगरमा रहेको बजार मोटरसाइकलको आधिकारिक बिक्रेता निशास मोटर्सले पूर्वी चितवनमा क्रियाशील पत्रकारका लागि रु पाँच लाखको दुर्घटना बीमा गरेको छ । बजाजको पल्सर १५० ट्विन डिस्क मोटरसाइकलको नयाँ मोडल सार्वजनिकीकरण कार्यक्रममा आज निशास मोटर्सले यहाँ क्रियाशील छ जना पत्रकारलाई दुर्घटना बीमा गराएको हो ।

निको इन्सुरेन्ससँगको सहकार्यमा पत्रकारलाई दुर्घटना बीमा गरिएको निशास मोटर्सका प्रबन्ध निर्देशक सञ्जीव थापाले जानकारी दिए। उक्त बीमा आजैदेखि लागू हुने निशास मोटर्सले जनाएको छ । निको इन्सुरेन्स रत्ननगरका शाखा प्रमुख सुजन कट्टेलले बीमा भएपछि दुर्घटनामा मृत्यु भएमा र जीवनभर अशक्त भएमा रु पाँच लाख तथा घाइते भएमा रु ५० हजारसम्म उपचार खर्च दिइने जानकारी दिए ।

आज यहाँ आयोजित कार्यक्रममा प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवाली र निशासका प्रबन्ध निर्देशक सञ्जीव थापाले संयुक्तरुपमा नयाँ पल्सर १५० ट्विन डिस्क सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्