Logo
११ बैशाख २०८१, मंगलबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घट्यो

काठमाडौँ : गत साता रु ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १६.६९ बिन्दुले घटेर नेप्से परिसूचक एक हजार १६३.९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ३.४३ बिन्दुले घटेर २४५.७० बिन्दुमा ओर्लेको छ ।

स्टकका अनुसार आज कूल १६२ कम्पनीको सात लाख ८१ हजार ५६० कित्ता शेयर रु २५ करोड दुई लाख २६ हजार ४९१ मूल्यमा खरिद बिक्री भएको छ । दुई उपमूहको शेयर मात्रै उकालो लागेको बजारमा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २.११ र होटल उपसमूह ६।७३ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ११.८७, विकास बैंक १३।२२,जलविद्युत् २१.१९, वित्त ३ं५९, निर्जीवन बीमा १०५.७४, उत्पादन ६३.५८, अन्य ४।७२,माइक्रोफाइनान्स ३१.५३ र जीवन बीमा १९३.३७ बिन्दुले ओरालो लागेको छ ।

स्टकका अनुसार आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र साल्ट टे«ेडिङ कर्पोरेशनका लगानीकर्ताले आज कमाए भने मल्टिपर्पस फिनान्स कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, नेरुडे लघुवित्त विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्