Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले बन्द भएको खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

बैतडी : पहिरोले बन्द भएको खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

आज बिहान ६ः३० बजे बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरमा पहिरो गएर बन्द भएको उक्त राजमार्ग मध्याह्देखि सञ्चालन भएको हो । डोजरको सहायताले पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

राजमार्ग सञ्चालन भएपछि रोकिएका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । केही दिनदेखिको लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्