Logo
१३ बैशाख २०८१, बिहीबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयर पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट ६ जना नियन्त्रणमा

 विराटनगर: विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो ।

बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ । बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन।बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्की लगायत केही वडा अध्यक्षहरु उपस्थित थिए ।

विस्फोटको घोर भर्त्सना गर्दै मेयर पराजुलीले संविधान र वर्तमान राज्य संरचना नमान्नेहरुले विस्फोट गराएको हुनसक्ने बताए। आफूलाई कुनैपनि पक्षबाट धम्की नआएको उल्लेख गर्दै उनले जनताका प्रतिनिधि बसेर जनताकै काम गर्नेलाई लक्षित गरी विस्फोट गराउनु घोर निन्दनीय भएको बताए। विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

अहिले महानगरपालिकाको आकस्मिक बोर्ड बैठक बसिरहेको छ । यसैबीच विस्फोट नेत्रविक्रम चन्द समूहका माओवादी कार्यकर्ताले गराएको आशंका गरिएको छ । २९ गते नेपाल बन्दलाई सफल पार्न आइतबार र सोमबार उनीहरुको प्रचारात्मक कार्यक्रम रहेकाले यो विष्फोट उनीहरुले नै गरेको आशंका गरिएको छ ।

तर यसलाई मोरङ प्रहरीले आधिकारीक रुपमा पुष्टी गरेको छैन। विस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए। तर उनीहरुको नाम सार्वजनीक गरिएको छैन ।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्