Logo
१३ बैशाख २०८१, बिहीबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिमस्टेक सम्मेलन : काठमाण्डौमा बैठक, लुम्बिनीमा रिट्रिट !

काठमाण्डौ, २७ साउन  : बिमस्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाण्डौमा हुँदैछ । सम्मेलनमा नेपाल आउने राष्ट्रप्रमुखलाई रिट्रिट कहाँ लगेर गराउने भन्ने विषयमा सरकारले छलफल गरिरहेको छ । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेक सम्मेलनमा सहभागी हुने केही राष्ट्रप्रमुखहरूले लुम्बिनी भ्रमणको इच्छा देखाएपछि परराष्ट्र मन्त्रालयले लुम्बिनी जान सकिने नसकिने बारे सम्भाब्यता अध्ययन गरिरहेको हो ।

परराष्ट्र मन्त्रालयले पहिलो प्राथमिकता लम्बिनीलाई दिएको छ । सम्मेलनका लागि भारत, बंगालादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्डका राष्ट्र तथा सरकार प्रमुख काठमाडौं आउने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुने श्रीलंका, थाइल्यान्ड, भुटान र म्यानमार बहुसंख्यक बौद्धमार्गी भएका मुलुक हुन् । 

सम्मेलनमा आउने पाहुनालाई रिट्रिटका लागि लैजाने प्रचलन अनुसार यसअघि सार्क शिखर सम्मेलनका बेला आएका पाहुना राष्ट्र तथा सरकार प्रमुखलाई धुलिखेल लगिएको थियो । पहिले पनि धुलिखेल गएका सदस्य राष्ट्रका सरकार प्रमुख बिमस्टेकमा पनि रहेकाले नयाँ स्थानको खोजी गरिरहेको परराष्ट्रले लुम्बिनिबारे छलफल अघि बढाइएको हो । 

तर रिट्रिटका लागि काठमाण्डौ उपत्यका बाहिर लैँजादा सुरक्षाका दुष्टीकोणले चुनौतिपूर्ण हुन सक्छ । सम्मेलनमा सहभागिहरुको समेत राय बुझेर मात्रै सरकारले ठाउँ तोक्ने बताइएको छ ।प्रधानमन्त्री भएपछि चार पटक नेपालको भ्रमण गरेका नरेन्द्र मोदीले समेत पटक-पटक लुम्बिनी जाने इच्छा व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्