Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतसँगको सम्बन्ध राम र सीताको जमानाको हो : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको बढ्दो प्रभावले नेपाल र भारतका जनताबीचकाे सम्बन्धमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् । चौथो विमस्टेक सम्मेलनका लागि दुई सातापछि नेपाल जान लागेका मोदीले भारतीय अंग्रेजी दैनिक द टाइम्स् अफ इण्डियालाई दिएको अनलाइन अन्तर्वार्तामा नेपाल भारतबीचकाे हजारौं वर्षदेखिकाे ऐतिहासिक, घनिष्ट, मित्रवत् र पारिवारिकसम्बन्धमाप्रभाव नपर्ने बताएका हुन।

नेपाललगायत भारतका छिमेकी मुलुकमा चीनको बढ्दो उपस्थितिका बारेमा धारणा राख्दै अन्तर्वार्तामा उनले भनेका छन्, ‘नेपालसँगको सम्बन्ध भगवान राम, माता सीता र बुद्धको जमानाको हो।’ पछिल्लो समय सुरक्षा, व्यापार, लगानी र विकासलगायत क्षेत्रमा गरिएको बलियो साझेदारीले त्यो सम्बन्धलाई थप सुदृढ बनाएको मोदीले दाबी गरेका छन्। ‘त्यसैले त आज दुई देशबीचको सम्बन्ध थप फराकिलो र गहिरो हुनुका साथै विश्वासिलो र परिपक्व पनि छ,’ प्रम मोदीको टिप्पणी छ। 

पछिल्लो समय नेपाललगायतका अन्य छिमेकी मुलुकको चीनसँग विकसित सम्बन्धप्रति संकेत गर्दै मोदीले ‘चीन र अन्य मुलुकले हाम्रा छिमेकीलगायतका मुलुकसँग आफ्नो सम्बन्ध विकास गर्नु सामान्य रहेको’ बताएका छन्। विमस्टेक सम्मेलनमा सहभागी भएसँगै पाँचवर्षे कार्यकालमा उनको चौथो नेपाल भ्रमण हुनेछ। मोदीभन्दा पहिले यसअघिका कुनै पनि भारतीय प्रधानमन्त्रीले यतिधेरै पटक नेपालको भ्रमण गरेका थिएनन्। सन् २०१४ मा प्रधानमन्त्री भएलगत्तै उनले नेपालको पहिलो औपचारिक भ्रमण गरेका थिए।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्