Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घन्टामा लगातार वर्षा भएपछि आएको पहिरोमा परी २६ जनाको मृत्यु

एजेन्सी  : भारतको केरल राज्यमा विगत २४ घन्टामा लगातार वर्षा भएपछि आएको पहिरोमा परी २६ जनाको मृत्यु भएको छ । तीमध्ये ११ जना इडुक्की जिल्लाका हुन् । दुईजनालाई पहिरोबाट जिउँदै निकालिएको छ ।

मौसम विभागले आगामी तीन दिनसम्म २१ राज्यमा भारी बर्खा हुने चेतावनी शुक्रवार जारी गरेको छ । केरलमा बाढीले पनि तबाही मच्चाएको छ । नदीमा जलस्तर बढेको छ । विभिन्न भागमा कम्तीमा २४ बाँध खोलिएको छ ।

इडुकी जिल्लाको देवकीकुलममा बाढीको पानीसँगै माटो झर्दा एक परिवारका पाँच सदस्यसहित ११ मानिस जिउँदै पुरिए । दुर्घटनामा दुई बेपत्ता र नौ घाइते भएका छन् । विगत २४ घन्टामा इडुकी जिल्लामा १४४.७७ मिलिमिटर बर्खा भएको छ र जिल्लाको पहाडी क्षेत्रमा ७८ ठाउामा पहिरो गएको छ ।

प्रकाशित मिति: Aug 10, 2018

प्रतिक्रिया दिनुहोस्