Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कहिँ कतै’ सहित तीन फिल्म हलमा

 काठमाण्डौ : शुक्रबारदेखि तीन नेपाली फिल्म रिलिज भएका छन् । सविर श्रेष्ठ निर्देशित ‘कहिँ कतै’, दिनेश पाख्रिनको ‘टिनएज’ र पुरन थापा निर्देशित ‘पिरिम पर्‍या छन्’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् ।

डेब्यु कलाकार सोनम बरफुङ्गपा र सिवानी गिरीको प्रमुख भूमिका रहेको ‘कहिँ कतै’ मा दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ गिरीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मले प्रेमकथा पस्किएको छ ।

निर्देशक श्रेष्ठको लेखन समेत रहेको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन र अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।

उमा स्वयमले निर्माण गरेको फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ ।

‘टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ ।

हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

यस्तै, कमेडी जनराको फिल्म ‘पिरिम पर्‍या छन्’ मा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय छ ।

प्रकाशित मिति: Aug 10, 2018

प्रतिक्रिया दिनुहोस्