Logo
११ बैशाख २०८१, मंगलबार
(August 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोली प्रहार गर्दै मिथिला नगरपालिकामा लाखौं डकैती, १ गम्भीर घाइते

जनकपुरधाम, २५ साउन : धनुषाको मिथिला नगरपालिका ८ जमुनिबासमा डाकाहरुले गोली प्रहार गरी लाखौंको लुटपाट गरेका छन् । प्रतिकार गर्न खोज्दा डाकाले चलाएको गोली लागेर घरधनी गम्भीर घाइते भएका छन् । बिहीबार राति करिब १२ बजे एकदर्जनको संख्यामा आएका डाकाको समुहले स्थानीय ३८ वर्षका पुष्पलाल श्रेष्ठको घरमा लुटपाट गर्नुको साथै उहाँमाथि गोली प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

प्रतिकार गर्न खोज्दा लुटेराले चलाएको दुई गोली श्रेष्ठको दुवै तीघ्रामा लागेको छ । गम्भीर घाइते श्रेष्ठको उपचार जनकपुर अञ्चल अस्पतालमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

श्रेष्ठको घरमा ७ तोला सुन , १५ तोला चाँदी, र झण्डै २ लाख नगद लुटपाट भएको प्रहरीले जनाएको छ । लुटपाटको क्रममा श्रेष्ठका परिवारमाथि लुटेराले कुटपीट समेत गरेको वडा नं. ८ का वडाध्यक्ष देवनारायण महतोले बताउनुभयो ।

उहाँका अनुसार राति १२ बजे नै लुटेर घरमा प्रवेश गरेपछि प्रहरीलाई खबर भएको थियो । लुटेराको संख्या धेरै भएकाले ईलका प्रहरी कार्यालय ढल्केवर , प्रहरीचोकी लालगढ र सस्त्र प्रहरी समेत घटना स्थल पुगेको थियो । प्रहरी पुग्दा लुटेरा भागि सेकाको जनाएको छ ।

प्रकाशित मिति: Aug 10, 2018

प्रतिक्रिया दिनुहोस्