Logo
|| August 9, 2018

हत्या गरिएका बालक निशानको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार



काठमाडौं : अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको पाँच दिनपछि बिहीबार दाहसंस्कार गरिएको छ।

मृतक निसानका बुबा मलेसियाबाट बुधबार मात्र नेपाल आइपुगेका पछि निशानको शव पोष्टमार्टम गरी पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो।अपहरणकारीले आइतबार राति निशानको भक्तपुरको ठिमीमा हत्या गरेका थिए। उनको हत्यामा संलग्न दुई जनालाई प्रहरी इन्काउन्टरमा मारिएका थिए।

राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ ।पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो ।

प्रकाशित मिति: २४ श्रावण २०७५, बिहीबार १७:१९

प्रतिक्रिया दिनुहोस्