Logo
१५ चैत्र २०८०, बिहीबार
(June 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक भट्टराईलाई जापान प्रवेशमा राेक

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ।

जापानको हिरोसिमामा आयोजित निशस्त्री करसम्बन्धी कार्यक्रममा भाग लिन पुगेका राष्ट्रिय सभाका सांसद एवम् मुख्य सचेतक भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको हो । जापानले नेकपाका नेता भट्टराईलाई किन प्रवेशको अनुमति दिइएन केही बताइएको छैन ।

भट्टराईसँगैको भ्रमण टोलीमा नेकपाका अर्का युवा नेता एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष किशोर मल्ल, दुर्गा शर्मा लगायत रहेको स्रोतले जनाएको छ । भट्टराई लगायतको टोलीलाई हिरोसिमामा आयोजित कार्यक्रम स्थलसम्म पु¥याउन नेपालबाट बासु गौतम लगायतको टोलीले सहयोग गरेको थियो । गौतमले हिरोसिमामा कार्यक्रम तय भएको स्वीकार गरेका छन् 

जापानमा मान्छे छाडेर आउने गरेको भन्दै निगरानी बढाएको हुन सक्ने एक नेपालीले बताए । नेविसंघका पूर्वअध्यक्ष एवम् कांग्रेस नेता प्रदीप पौडेलसहितका सञ्चारकर्मी र नेताहरूलाई पनि यसअघि जापाने विमानस्थलबाटै फिर्ता पठाइदिएको थियो ।

प्रकाशित मिति: Aug 9, 2018

प्रतिक्रिया दिनुहोस्