Logo
१५ चैत्र २०८०, बिहीबार
(August 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघको कार्यसमिति विघटन गर्ने कांग्रेसको तयारी

काठमाडौं : नैनसिंह महर नेतृत्वको नेपाल विद्यार्थी संघको कार्यकाल सकिनै लाग्दा पनि अधिवेशन गर्ने कुनै छाँटकाट नदेखाएपछि नेपाली कांग्रेसका नेतृत्वले नेविसंघ विघटन गर्ने तयारी गरेका छन् ।

समयवाधिभित्र महाधिवेशन गर्ने तयारी नगरेपछि कांग्रेसले भ्रातृ संगठन नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने तयारी गरेका हुन् । केन्द्रीय कार्यसमितिको कार्यकाल दुई वर्ष रहने व्यवस्था छ । महर अध्यक्षताको वर्तमान कार्यसमितिको अवधि भदौ २ गते सकिँदै छ । नेविसंघ विधानमा विशेष परिस्थिति आइपरे तीन महिना थप्न सकिने व्यवस्था छ ।

नेविसंघ विवाद समाधान गर्न गठित संयन्त्रका संयोजक एवं कांग्रेस सहमहामन्त्री प्रकाशरण महतको अध्यक्षतामा बुधबार बसेको बैठकले अध्यक्ष महरलाई तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्ने आधार भए कार्ययोजनासहित भदौ २ गतेभित्र पेस गर्न अल्टिमेटम दिएको छ ।

तर, नेविसंघका नेताहरू अधिवेशनको तयारी नै नभएकाले तीन महिनाभित्र गर्न नसकिने बताउँछन् ।

प्रकाशित मिति: Aug 9, 2018

प्रतिक्रिया दिनुहोस्