Logo
१२ बैशाख २०८१, बुधबार
(August 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जम्मु काश्मिरमा सुरक्षाफौजको गोली लागेर पाँच लडाकूको मृत्यु

बारामुल्ला : भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ । बुधबार पनि सुरक्षाफौजको कारबाहीमा चार जना लडाकू मारिएका थिए ।

बुधबार खराब मौसमका कारण रोकिएको सेनाको कारबाही बिहीबार बिहानैदेखि सुरु भएको थियो । प्राप्त जानकारी अनुसार, अब्दुल मजिद शाह नाम गरेका एक लडाकूलाई सुरक्षाफौजले पक्रेको छ । उनीबाट सेनाले हातहतियार र अन्य बन्दोबस्तीका सामग्री समेत बरामद गरेको थियो ।

प्रकाशित मिति: Aug 9, 2018

प्रतिक्रिया दिनुहोस्