Logo
८ बैशाख २०८१, शनिबार
(August 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाधिवेशनको तयारीमा जुट्न पार्टीका सबै संगठनलाई राजपाको ‘सर्कुलर’

काठमाडौं, २३ साउन : राष्ट्रिय जनता पार्टी, नेपालले महाधिवेशनको तयारीमा जुट्न पार्टीका सबै संगठनहरुलाई ‘सर्कुलर’ जारी गरेको छ।

राजपाले  संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको पार्टीको शिर्ष तहको बैठकले आगामी महाधिवेशनको तयारीमा जुट्न पार्टीका सबै संगठनहरुलाई ‘सर्कुलर’ जारी गर्ने निर्णय गरिएको नेता राजकिशोर यादवले जानकारी दिए। 

बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल पनि गरिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्ने लिखित सहमति गरेपछि सरकारलाई समर्थन गरेको थियो।

सोही सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार पुनः भेट गर्ने निर्णय पनि गरिएको नेता यादवले बताए।

प्रकाशित मिति: Aug 9, 2018

प्रतिक्रिया दिनुहोस्