Logo
१३ बैशाख २०८१, बिहीबार
(August 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर–जयनगर रेल : यसरी हूँदैछ परीक्षण (फोटो फिचर)

जनकपुरधाम, २४ साउन : जयनगर ब्रोडगेज रेलमागको परीक्षण सुरु भएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको छ । अब बाँकी खण्डमा पनि कम्पनीले थप परीक्षण गर्ने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

सरकारले करिब डेढ वर्षसम्म रेल भाडामा लिएर चलाउने मोडालिटी टुंग्याएको छ । आगामी डिसेम्बरदेखि जनकपुर–जयनगर रेल चनाउने तयारी भएको छ । ब्रोडगेज लिक बिछ्याउने काम लगभग सकिएपछि परीक्षण सुरु भएको हो । यो रेलमार्गमा भाडामा रेलगाडी ल्याएर कन्ट्रयाक्टमा चलाउन दिन तयारी अघि बढाइएको छ ।

‘यसका लागि भारतीय रेल्वेसँग सहयोग मागेका छौं । बिडिङ डकुमेन्टको मस्यौदा उसले दिएपछि हामी अघि बढ्छौं,’ उपाध्यायले भने । रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई डेढ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको गर्न लागेको हो । 

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि आउटसोर्सिङ गर्न लागिएको उपाध्यायले बताए ।‘हामीसँग रेल चलाउने अनुभवी मान्छे पनि छैनन् । मर्मतका लागि प्राविधिक पनि छैनन् । स्टेशन म्यानेजरदेखि कुनैपनि जनशक्ति पनि रेल्वेमा अनुभव हासिल गरेका छैनन्,’ विभागका एक अधिकारीले भने, ‘यो अवस्थामा हामी आफैं रेल चलाउन सक्दैनौं । त्यसैले डेढ वर्ष बाहिरका कम्पनीलाई व्यवस्थापनको जिम्मा दिँदैछौं ।’

आउटसोर्सिङ गर्दा नेपालीलाई रेल सञ्चालनको सबै सीप कम्पनीले नै सिकाउनुपर्ने सर्त राख्न लागिएको छ । भाडामा ल्याएको रेल सञ्चालन गर्दा नेपाली जनशक्तिहरु पनि परिचालन गर्ने र नेपाली जनशक्ति दक्ष भएसँगै आफ्नै रेल गुडाउने विभागको तयारी छ ।

हालै कुर्था (जनकपुर जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ । यो विस्तारको काम सन् २०१४ बाट यसको सुरुवात भएको थियो, यसैकारण जनकपुर(जयनगर रेल सेवा विगत ४ वर्षदेखि बन्द अवस्थामा छ ।

३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ । कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई ल्याउने योजना रेल्वे विभागको छ । यो रेलमार्गलाई २ वर्ष्भित्र बर्दिवासमा पूर्वपचिश्म रेलमार्गसँग जोड्ने योजना छ ।

जनकपुर-जयनगर रेलमार्गको परीक्षण, तस्विर : नागरिक टाइम्स
जनकपुर-जयनगर रेलमार्गको परीक्षण, तस्विर : नागरिक टाइम्स
जनकपुर-जयनगर रेलमार्गको परीक्षण, तस्विर : नागरिक टाइम्स
जनकपुर-जयनगर रेलमार्गको परीक्षण, तस्विर : नागरिक टाइम्स
जनकपुर-जयनगर रेलमार्गको परीक्षण, तस्विर : नागरिक टाइम्स

प्रकाशित मिति: Aug 9, 2018

प्रतिक्रिया दिनुहोस्