Logo
६ बैशाख २०८१, बिहीबार
(August 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेल चलाएर जनकपुर-जयनगर रेलमार्गको परीक्षण

जनकपुर-जयनगर ब्रोडगेज रेलमागको परीक्षण सुरु भएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको छ ।

ब्रोडगेज लिक बिछ्याउने काम लगभग सकिएपछि परीक्षण सुरु भएको हो । यो रेलमार्गमा भाडामा रेलगाडी ल्याएर कन्ट्रयाक्टमा चलाउन दिन तयारी अघि बढाइएको छ । अब बाँकी खण्डमा पनि कम्पनीले थप परीक्षण गर्ने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

सरकारले करिब डेढ वर्षसम्म रेल भाडामा लिएर चलाउने मोडालिटी टुंग्याएको छ । आगामी डिसेम्बरदेखि जनकपुर-जयनगर रेल चनाउने तयारी भएको छ । रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई डेढ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको गर्न लागेको हो ।

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि आउटसोर्सिङ गर्न लागिएको उपाध्यायले बताए ।  आउटसोर्सिङ गर्दा नेपालीलाई रेल सञ्चालनको सबै सीप कम्पनीले नै सिकाउनुपर्ने सर्त राख्न लागिएको छ । 

भाडामा ल्याएको रेल सञ्चालन गर्दा नेपाली जनशक्तिहरु पनि परिचालन गर्ने र नेपाली जनशक्ति दक्ष भएसँगै आफ्नै रेल गुडाउने विभागको तयारी छ । हालै कुर्ता-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ । यो विस्तारको काम सन् २०१४ बाट यसको सुरुवात भएको थियो, यसैकारण जनकपुर-जयनगर रेल सेवा विगत ४ वर्षदेखि बन्द अवस्थामा छ । 

३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ । कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई ल्याउने योजना रेल्वे विभागको छ । यो रेलमार्गलाई २ वर्षभित्र बर्दिवासमा पूर्वपचिश्म रेलमार्गसँग जोड्ने योजना छ ।

प्रकाशित मिति: Aug 9, 2018

प्रतिक्रिया दिनुहोस्