Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाली हवाई सेवा उडानको संख्यामा वृद्धि

सेनयाङ : उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ । स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ ।

उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक एयर कोर्योले हालैका दिनहरुमा प्योङयाङ र सेनयाङबीचको प्रत्यक्ष हवाई उडानमा वृद्धि गरेको छ । स्रोतका अनुसार हप्तामा दुईवटा उडानबाट बढाएर अहिले तीनवटा बनाइएको छ । 

संयुक्तराज्य अमेरिकाले आणविक निरस्त्रीकरणको कार्य पूरा नगर्दासम्म उत्तर कोरियामाथिको प्रतिबन्ध फुकुवा नगर्ने सम्भावना रहेकै अवस्थामा प्योङयाङले विदेशी मुद्रा आर्जनका लागि चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन चाहेको देखिन्छ, स्रोतले बतायो । 

“उत्तर कोरियाली–चिनीया वार्ताको सफलतासँगै बढीभन्दा धेरैले उत्तर कोरियाको आर्थिक स्थितिमा व्यापक सुधार हुने अपेक्षा गरेका छन् । यही कारण, चीनसँगको उत्तर कोरियाली सीमावर्ती सहर सिनुजीको दाँदोङमा घरजग्गाको मूल्य आकासिएको छ,” उनीहरुले भने । 

यहीबीच, प्योङयाङ–बेइजिङ रेलसेवामा यात्रुहरुको संख्यामा व्यापक वृद्धि भएको छ, र सबैजसो सिट बिक्री भइरहेको छ । 

धेरै चिनीया पर्यटकहरुले अप्रिलमा सम्पन्न अन्तर–कोरियाली शिखर सम्मेलन भएको स्थान पानमुनजोमको भ्रमण गर्न रुचि देखाएका छन् ।

प्रकाशित मिति: Aug 8, 2018

प्रतिक्रिया दिनुहोस्