Logo
१५ चैत्र २०८०, बिहीबार
(August 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायालयको अनुमतीपछि सुल्झियो विवादः मरिना तटमै करुणानीधीको अन्त्येष्टि (भिडियो)

भारत स्थित तमिलनाडुका पूर्व मुख्यमन्त्री र दिवंगत डिएमके नेता एम. करुणानिधीको मरिना तटमा नै अन्तिम संस्कार गरिने भएको छ । मद्रास उच्च न्यायालयले केही घण्टासम्म चलेको सुनुवाईपछि करुणानिधिको अन्नादुरईको समाधि नजिकै अन्त्येष्टि गरिने अनुमती दिएको छ ।

यसबारे मंगलबार राती उच्च न्यायालयका मुख्य न्यायाधिसको घरमा सुनुवाई सुरु गरिएको थियो जसलाई बिहानसम्मका लागि स्थगित गरिएको थियो । यसअघि  तमिलनाडुका पूर्व मुख्यमन्त्री र डिएमकेका दिवंगत नेता एम. करुणानिधिको पार्थिक शरिर मरिना बीचमा गाडिने कि नगाडिने भनेर बुधबार बिहान मद्रास उच्च न्यायालयले निर्धारण गर्ने भनिएको थियो ।

डीएमकेले तमिलनाडुका राजनीतिक दिग्गजको अन्तिम संस्कार गरिएको स्थानमा नै आफ्नो नेताको अन्त्येष्टि गरिनुपर्ने माग राखेको थियो । तर प्रदेशको एआईएडीएमके सरकारले यसको अनुमती दिएन ।

डिएमकेले यसका लागि उच्च न्यायालयको ढोका ढक्ढकायो र अबेर राती भएपनि अदालत बस्यो । अदालतले सरकारलाई बिहान आठ बजेसम्म जवाफका लागि समय दिएको थियो । जुलाई २८ तारिखदेखि अस्पतालमा भर्ना भएका करुणानिधीको मंगलबार बेलुका ६ बजेर १० मिनेटमा निधन भएको हो । उनी ९४ वर्षका थिए । 

उनको पार्थिक शरिर उनको निवास गोपालपुरम पुर्याइएको छ । बुधबार उनको शव राजाजी हलमा राखिनेछ । डीएमकेका कार्यकारी अध्यक्ष एम के स्टालिनले आफ्नो पिताको नाममा एक भावुक पत्र पनि ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘मैले तपाईंलाई पिताभन्दा बढि एक नेताको रुपमा सम्बोधन गरेको छु । अब एक पटक, मेरा नेता, के म तपाईंलाई बुवा भनेर बोलाउन सक्छु ?’

करुणानिधिका छोरा एमके स्टालिन, एमके अलागिरी र छोरी कनिमोझीले भने उनको पिताले अन्ना दुरेको समाधि नजिकै स्थान पाउन् भन्ने इच्छा व्यक्त गरेका छन् । डीएमकेका समर्थकले मरिना बीचमा करुणानीधीको अन्तिम संस्कार हुनेपर्ने मागमा तोडफोड पनि गरेका छन् । 

प्रकाशित मिति: Aug 8, 2018

प्रतिक्रिया दिनुहोस्