Logo
१३ बैशाख २०८१, बिहीबार
(August 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौंडाको ओम्याक्स हलमा आगलागी, करोडौंको क्षति

हेटौंडा : हेटौंडामा अवस्थित ओम्याक्स हलमा आगलागी भएको छ । ‘लुट’, ‘संरक्षण’ लगायतका फिल्मका निर्माता तथा एफडी कम्पनीका अध्यक्ष समेत रहेका नरेन्द्र महर्जनले हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको फिल्म हलमा आगलागी भएको हो ।

आगलागीबाट मानविय क्षती नभएपनि करोडौंको क्षति भएको खबर प्राप्त छ । उक्त हलमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ चलिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, विद्युत सर्ट भएर लागेको आगो दुई दमकलको सहयोगले निभाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति: Aug 8, 2018

प्रतिक्रिया दिनुहोस्