Logo
१३ बैशाख २०८१, बिहीबार
(August 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका उपाध्यक्षको राजीनामा माग गर्दै नेकपाका जनप्रतिनिधि अनशनमा

पर्वत : पैयुँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्चिकालीन अनशन बसेका छन्।

गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन सुरू गरेका हुन्। वडाध्यक्ष महेन्द्र श्रेष्ठलाई विनाकारण स्पष्टीकरण सोध्ने र पद रिक्त गराउने कोसिस गरेको भन्दै उपाध्यक्ष गुरुङको राजीनामा माग गरिएको छ।

वडाध्यक्ष श्रेष्ठ परिवारलाई भेट्न जापान गएको बेला गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुरुङले ‘लगातार तीन वटा बैठकमा विनाजानकारी अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था भएको’ ब्यहोरासहित सात दिने स्पष्टीकरण सोधेपछि विवाद भएको हो। कार्यवाहक अध्यक्ष गुरुङले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिनभित्र स्वयं उपस्थित भएर स्पष्टीकरण दिने पत्र पठाएका छन्।

वडाध्यक्ष श्रेष्ठले गएको जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यवाहक दिएर जापान गएका थिए। उपाध्यक्ष गुरुङले पत्र पठाएपछि नेकपाबाट विजयी श्रेष्ठ जापानबाट नेपाल फर्किएका थिए ।

नेकपाका प्रतिनिधि उपाध्यक्ष गुरुङले राजीनामा दिनुपर्ने अडानमा छन् भने नेपाली कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि भने उपाध्यक्षलाई माफी माग्न लगाएर समस्याको निकास निकाल्ने पक्षमा छन्।

प्रकाशित मिति: Aug 8, 2018

प्रतिक्रिया दिनुहोस्