Logo
१५ चैत्र २०८०, बिहीबार
(August 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निरन्तरको बर्षापछि आएको पहिरोले दुई घर बगायो, ५ जोखिममा

ओखलढुंगा, २२ साउन : निरन्तरको बर्षाका कारण ओखलढुंगामा दुई गाँउपालिकाको सिमानामा पहिरो खस्दा २ घर बगाएको छ । पहिरोका कारण अन्य ५ घर जोखिममा परेको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिका ९ र मोलुङ गाउँपालिका ७ को सिमानामा पर्ने पात्लेमा सोमबार राती पहिरो जादाँ स्थानिय डाटी शेर्पा र लमु शेर्पाको घर बगाएको हो ।

पहिरोमा परी कुनै मानविय क्षेती नभएको भएपनि शेर्पाको एक हल गोरु र एउटा कुकुर पुरेको मोलुङ गाँउपालिका ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिए । गाउँमाथीबाट पहिरो खसेकाले सो स्थानका तत्तो भेगका अन्य ५ घर समेत पहिरोका जोखिममा परेका छन् ।

पहिरो पिडित परिवार हाल आफन्तको घरमा शरण लिई बसिरहेको वडा अध्यक्ष सुनुवारले बताए । राती अचानक पहिरो खसेपछि स्थानियहरु भागेर बचेको उनिहरुको भनाई छ । अहिले पानी परिरहेकाले उक्त स्थानमा नजना वडा अध्यक्षहरुले आग्रह गरेको छ । पिडित परिवारलाई राहातका लागी पहल भैरहेको छ ।

प्रकाशित मिति: Aug 7, 2018

प्रतिक्रिया दिनुहोस्