Logo
१३ बैशाख २०८१, बिहीबार
(August 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनेसियाको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १०० पुग्यो

इन्डोनेसिया : इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६।९ म्याग्नीच्युडको भूकम्प गएको इन्डोनेसियाली भूगर्व सर्वेक्षण संस्थाले जनाएको छ । तर अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले भने यस भूकम्प ७ म्याग्नीच्यूडको मापन गरिएको बताएको थियो ।

यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिरो रहेको बताइएको छ । यसमा भूकम्पमा परी २ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् भने २० हजार आफ्नो घरवास गुमाएका छन् । भूकम्पको कारण घरवास गुमाएका व्यक्तिहरुलाई शिविर बनाएर राखिएको र उद्धारकर्ताहरुले मानवीय सहयोग गरिरहेका छन् ।

इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको भने खतरा नरहेको जनाएको छ । यसै क्षेत्रमा गत साता आएको ६।४ म्याग्नीच्यूडको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो । सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९।१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नु भएको संयुक्त राष्ट्रसंघका उपप्रवक्ताले सोमबार जानकारी दिएका छन् ।

हाल भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार कार्यमा सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: Aug 7, 2018

प्रतिक्रिया दिनुहोस्