Logo
१५ चैत्र २०८०, बिहीबार
(August 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुणस्तरहीन सामग्री प्रयोग : पूरा नहुँदै भत्कियो पुल

डडेलधुरा :  गुणस्तरहीन निर्माण सामग्री प्रयोगका कारण डडेलधुरा र बैतडीका ६ वटा स्थानीय तहलाई जोड्ने पक्की पुल निर्माण कार्य पूरा नहुँदै ५ दिनअघि भत्किएको छ । डडेलधुराका भागेश्वर र अजयमेरु गाउँपालिका सीमानामा रहेको सेरा गाडमा निर्माणाधीन पक्की पुल भत्किएको हो ।

उक्त पुलले डडेलधुराका २ गाउँपालिका र बैतडीका ४ वटा गाउँपालिकाकालाई सडक यातायातमा जोड्ने थियो । ३ वर्षअघि ५ करोडको लागतमा विकोई विल्डर्स काठमाडौंसँग निर्माण सम्झौता भए पनि ढिलो गरी निर्माण सुरु भएको उक्त पुल ढलान गरेको ४ दिनपछि दुवैतर्फका बिम भाँचिएर भत्किएको हो । 

प्रकाशित मिति: Aug 7, 2018

प्रतिक्रिया दिनुहोस्