Logo
१३ बैशाख २०८१, बिहीबार
(August 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रूर समाज : समान्य विवाद हुँदा छुरा प्रहार गरी ठूलो बुवाको हत्या

जनकपुरधाम : आपसी विवादका कारण धनुषामा एकजनाको छुरा प्रहारबाट हत्या भएको छ । जनकपुर उपमहानगरपालिका- १९ बेंगाशिवपुरमा ५२ वर्षीय रामवृक्ष यादवको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।दाजुभाइबीचको आपसी विवादका क्रममा छुरा प्रहारबाट घाइते भएका रामवृक्षको उपचारका क्रममा ज्यान गएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिएका छन्।

छुरा प्रहारबाटै रामवृक्षका २८ वर्षीय छोरा रामसोगारथ यादव समेत गम्भीर घाइते भएका छन् । रामसोगारथको जनकपुर अञ्चल अस्पतालमा उपचार संभव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। आइतबार राति दाजुभाइ रामवृक्ष र अरुणबीच विवाद भएको थियो। सोही विवादका क्रममा अरुणका छोरा अतिसुन्दर यादवले छुरा ल्याएर रामवृक्ष र उनको छोरामाथि प्रहार गरेका थिए।

घटनामा उनका बुवा अरुणको पनि सहयोग रहेको प्रहरीले जनाएको छ। घटना भएलगत्तै प्रहरीले अरुण र उनका छोरा अतिसुन्दर यादवलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवैजनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति: Aug 6, 2018

प्रतिक्रिया दिनुहोस्