Logo
६ बैशाख २०८१, बिहीबार
(August 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलामीमाथी अन्धाधुन्ध गोली चल्दा ५ को मृत्यु, ४४ घाइते

अमेरिकी सहर सिकागोमा आइतबार अराह्न भएको हिंसात्मक घटनामा गोली लागेर पाँच जनाको मृत्यु हुनुका साथै अरु ४४ जना घाइते भएका छन् । सिकागोका प्रहरी प्रमुख फ्रेड वालरले पत्रकार सम्मेलन गरी गोली हानाहानको यो घटनामा असामाजिक गिरोहहरुको संलग्नता रहेको बताएका छन । “सिकागोमा यो हिंसात्मक घटना साँझपख भएको छ । सडकमा खुलेआम गोली चलाउनु कुनै पनि स्थितिमा स्वीकार्य हुँदैन, दोषीमाथि कडा कानुनी कारबाही हुन्छ ।”

प्रहरीका अनुसार, बन्दुकधारीले एउटा अत्येष्टिमा सहभागी मानिसहरुको भीडमा पनि अन्धाधुन्ध गोली चलाएका थिए, र त्यहाँ एकजना ११ वर्षका बालक पनि गोली लागेर घाइते भएका छन् । सिकागोमा यस्तै गिरोहहरुका कारण सन् २०१६ मा सबैभन्दा बढी हिंसात्मक घटनाहरु भएका थिए । त्यहीकारण राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्ता घटनाका सम्बन्धमा निरन्तर आलोचना गर्देआएका छन ।

तर प्रहरी प्रमुख वालरले सिकागोमा गोली हानाहानका घटनामा विगत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतले कमी आएको जानकारी गराए । “यो कुनै ठूलो विजय त होइन, तर हामी सकारात्मक दिशातर्फ अग्रसर छौं,” उनले भने । “सडकमा जथाभावी बन्दुक बोक्नेहरुबाट हामीले यस वर्षमात्र ५,५०० भन्दा बढी थान बन्दुक जफत गरेका छौं ।” रासस

प्रकाशित मिति: Aug 6, 2018

प्रतिक्रिया दिनुहोस्