Logo
१३ बैशाख २०८१, बिहीबार
(August 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘प्रसाद’को छायांकन सकियो

काठमाडौं : दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘प्रसाद’को छायांकन सकिएको छ । आइतबार ललितपुरमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको छायांकन सकिएको घोषणा गरियो ।

निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको यो चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

सुशिल पौडेलको कथा रहेको चलचित्रमा कलाकार विपिन कार्की र नायिका नम्रता श्रेष्ठ श्रीमान्श्री-मतिको भूमिकामा छन् । साथमा, चलचित्रमा निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका छ ।

राजेश श्रेष्ठले खिचेको चलचित्रमा कोशिश क्षेत्री र सुभाष भुसालको संगीत छ । चलचित्रका कलाकारहरुले ‘प्रसाद’ले दर्शकको मन छुने प्रतिक्रिया दिए । चलचित्रको छायांकन सकिदै गर्दा यसका कलाकार निकै खुशी देखिन्थे ।

प्रकाशित मिति: Aug 6, 2018

प्रतिक्रिया दिनुहोस्