Logo
७ बैशाख २०८१, शुक्रबार
(August 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा भक्तजनको घुइँचो

बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला) मा सोमबार भक्तजनको घुइँचो लागेको छ । सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले कावँर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलापर्र्ण गर्ने प्रचलन रहेको छ ।

श्रावण ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भाद्र महिनाको १० गते ऋषितर्पणीसम्म एक महिना सञ्चालन हुने बोलबम धाममा विशेष गरी भगवान शिवलाई जलार्पण र रुद्राभिषेक गरिने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका मुख्य पूजारी चन्द्र नेपालले जानकारी दिए ।

पूजारी नेपालले शास्त्रीय प्रमाणका लागि ज्योतिर्लिङ्गको अध्ययन, अनुसन्धान शुरु भएको उल्लेख गर्दै स्वंय उत्पत्ति भएको यसको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने, आरोग्य र ऐश्वर्य प्राप्त हुने बताए । त्यस्तै २९ गते देवघाटधाम यात्रा, भदौ ३ गते रिडी रुरु क्षेत्र सवारी साधनयात्रा हुने बोलबम धामका प्रमुख सल्लाहकार रामप्रसाद भण्डारीले जानकारी दिए ।

सो धाममा शिव पाञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषिमाताको मन्दिर, चन्द्रमा आकारको धाम सरोवर १०८ शिवलिङ्ग र ५।५ फूटको शिवमूर्ति र नागकुण्ड रहेका छन् । सो धाममा गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तु, चितवन, काठमाडौँलगायत भारतबाट समेत पाँच लाख बढी भक्तजन मेलामा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति: Aug 6, 2018

प्रतिक्रिया दिनुहोस्