Logo
८ बैशाख २०८१, शनिबार
(August 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेखाको ‘मालिका’ सँग भुवनले ‘क्याप्टेन’ जुधाउँने !

काठमाडौं : अभिनेत्री रेखा थापा र अभिनेता भुवन केसीका लागि कसैसँग सम्बन्ध सुध्रिनु र विग्रिनु अनौठो होइन । गसिप, चर्चा र आलोचना यी दुई अभिनेता, अभिनेत्रीको सबैभन्दा प्रिय मित्र हुन् ।

रेखासँग भुवन रुष्ट हुनुको प्रमुख कारण अरु नभएर यही नै हो । पछिल्लो समय उनका छोरा अनमोल केसीलाई ‘मेघास्टार’ भनिन थालिएको छ । आफ्नो छोरालाई मेघास्टार भनिएकोप्रति रेखाले विरोधको स्वर उठाउनु भुवनका लागि पाच्य भएन ।

रेखासँग भुवन रुष्ट हुनुको कारण अर्को पनि छ । केही हप्ता अगाडि रेखाले अभिनेता प्रदीप खड्कालाई नेपालको नम्बर वान नायक भन्दै तारिफ गरिन् । उनले यतिमात्र भनिनन् । प्रदीपले अरुको बुई चढेर यो स्थान नबनाएको भन्दै प्रशंसा गरेकी थिइन् ।

उनले घुमाउरो शैलीमा फेरि अनमोललाई नै निशाना बनाएकी थिइन् । भुवन अभिनेता भएका कारण अनमोललाई फिल्ममा संघर्ष गर्नु नपरेको उनको साइलेन्ट तर्क थियो । रेखाले आफ्नो छोरालाई पटक–पटक निशाना बनाउँदा भुवन आगो भएका छन् । यही कारण अहिले यी दुईको ‘पानी बाराबार’ भएको छ ।

शनिवार राजधानीमा पत्रकार प्रकाश सुवेदीको जन्मदिनको पार्टीमा यी दुवै अभिनेतारअभिनेत्री उपस्थित भएका थिए । बस्न पनि एउटै रोहको कुर्सीमा बसे ।

तर, दुवैले एकअर्कालाई पूरै वेवास्था गरे । पत्रकार सुवेदीलाई जन्मदिनको शुभकामनासहित गीत गाउन उद्घोषकले रेखासहित दीपाश्री निरौला र भुवन केसीलाई निम्तो दिएको खबर फिल्मी खबरले छापेको छ ।

यो मितिमा अनमोल स्टारर फिल्म ‘क्याप्टेन’ रिलिज हुने चर्चा छ । तर कन्फर्म भने भइसकेको छैन । छोरालाई मेघास्टार भनिएकोमा आपत्ति जनाएका कारण त्यसको इगो साध्नकै लागि अब भुवन एकसाथ फिल्म जुधाउने तयारीमा छन् । को मेघास्टार र उनी फिल्म जुधाएर प्रमाणित गर्न चाहन्छन् । यो खबरको रेखा पनि राम्रोसँग जानकार छिन् ।

अब लक्ष्मीपूजामा ‘मालिका’ सँग ‘क्याप्टेन’ आउँछ वा आउँदैन रु त्यो सबैका लागि चासोको विषय बनेको छ । फिल्मकर्मीले बोल्ने एउटा चर्चित उखान नै छ, यहाँ हरेक हप्ताको शुक्रवार दुश्मनी र मित्रता रिलिज हुन्छ ।’ अब रेखा र भुवनको दुश्मनीले कुन रुप लिने हो र’ हेर्न बाँकी छ ।

प्रकाशित मिति: Aug 5, 2018

प्रतिक्रिया दिनुहोस्