Logo
१३ बैशाख २०८१, बिहीबार
(August 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिपकराज जोशीको अन्तरवार्ता : ‘म राजिनामा किन दिने ? तत्काल मैले केहि निर्णय गरेको छैन’

प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशी अन्ततः प्रधानन्यायाधीश बन्न असफल भए । संसदीय सुनुवाई विशेष समितिले जोशीलाई अस्विकृत गर्यो । सत्तारुढ दल नेकपाका सासंदहरुले उनलाई प्रधानन्यायधीश बनाउन नहुने पाँचवटा कारणसमेत प्रस्तुत गरेको छ । यसै विषयमा जोशीसँग गरिएको विशेष कुराकानी गरेका छन् । उनीसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईमाथि लागेको ५ वटा आरोपबारे के भन्नुहुन्छ ?
ममाथि जे आरोप लगाइएको छ, त्यसबारे उहाँहरुले मलाई प्रश्न नै गर्नुभएन । त्यसैले यसबारेमा म धेरै बोल्दिन ।

तर तपाईलाई प्रधानन्यायाधीशका लागि अयोग्य भनियो नि ?
मलाई अयोग्य भनेर उहाँहरुले निर्णय गरिसक्नुभयो । अब म के भनम र ? मलाई दुःख लागेको छैन । संसदबाट भएको कामलाई मान्नैपर्यो ।

संसदीय सुनुवाई विशेष समितिलको निर्णयलाई कसरी लिनुभएको छ ?
संवैधानिक परिषदले योग्य भनेर सिफारिस गरिसकेको थियो । तर समितिका सदस्यहरुले कसरी हेर्नुभयो, मलाई थाहा भएन । भइसकेको निर्णयमाथि मेरो टिप्पणी छैन ।

समितिमा जवाफ दिन जाँदा तपाईको प्रस्तुति राम्रो भएन भन्ने आरोप छ नि ?
समितिमा जाँदा मैले अदालतले अब गर्ने कार्ययोजना १४ वटा बुँदामा पेश गरेको थिएँ । स्पष्टसँग देखाएर पढेस सुनाएको थिएँ । उहाँहरुले कसरी हेर्नुभयो र कसरी बुझ्नुभयो, थाहा भएन । उहाँहरुको प्रश्न त के थियो भन्दा बजारमा भएका हल्लाका के हुन्, तपाईले के गर्नुभयो भन्ने किसिमको थियो । मैले हल्लाकोबीचमा नउभ्याउनुहोला, मैले जाने बुझेको कुरा बताइसकेँ, भनेर भनेको हुँ ।

तपाईको योजना प्रभावकारी थिएन रे ?
मैले समितिमा प्रस्तुतगरेको १४ बुँदामा उहाँहरुले छलफल नै गर्नुभएन । उहाँहरुलाई सोध्नुस् ने ति बुँदाहरुे केके छन् ?

तपाईको शैक्षिक प्रमाणपत्र नक्कली र केही फैसलाहरु गलत भए भन्ने आरोप छ नि ?
मेरो शैक्षिक प्रमाणपत्र गलत छ भने त सम्बन्धित ठाउँमा बुझ्नुपर्यो । छानबीन गर्नुपर्यो । नेपाल सरकार शिक्षा मन्त्रालयले दिएको प्रमाणपत्र नक्कली हो कि सक्कली हो भन्ने कुरा त बुझ्नुपर्यो नि । पास भएको प्रमाणपत्रलाई नै उहाँहरुले गल्ती भन्नुहुन्छ भने म के गर्न सक्छु र ?

तपाईले सही आचरण र इमानदारिता चाँही देखाउन सक्नुभएन भन्ने आरोप छ नि ?
मैले दिनुपर्ने जवाफ दिएको हुँ । चलिरहेको मुद्धामा त बोल्न मिल्दैनथ्यो । संसदमा त फैसला नभएको मुद्धाको विषयमा बोल्न मिल्दैन, मिनि संसदमा कसरी बोल्ने ?

तपाईले अहिलेसम्म गरेका निर्णय सही थिए त ?
हामीले प्रमाणका आधारमा निर्णय गर्ने हो । गलत निर्णय गरेको छैन ।

संवैधानिक परिषदले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाई समितिले अस्विकृत गर्नुलाई कसरी लिनुहुन्छ ?
न्यायको आफ्नै मर्यादा हो । यसलाई कायम गर्न सकिनएन भने प्रजातन्त्रका लागि हितकर हुँदैन ।

तपाई क्षमताभन्दा पनि राजनीतिक आडमा न्यायाधीश नियुक्ति भएको भन्ने आरोप छ नि ?
आरोप त जे पनि लाग्न सक्छ । त्यसको छानबीन गरेर पुष्टी गर्न सक्नुपर्छ ।

अब तपाई के गर्नुहुन्छ ?
तत्काल के गर्ने भन्ने विषयमा मैले निर्णय गरेको छैन ।

तपाई राजिनामा दिनुहुन्छ कि ?
म राजिनामा किन दिने ? प्रमाणित नभएको आरोपमा चुप लागेर बस्न मिल्छ कि मिल्दैन ? न्यायाधीशले नै झुटो आरोप लाग्दा चुप लागेर बस्ने कुरा त भएन नि ।

राजिनामा दिनुभएन भने महाअभियोग लगाउने चर्चा छ नि ?
त्यो त उहाँहरुले के गर्नुहुन्छ त्यसपछि भन्ने कुरा हो ।

तपाईले प्रधानमन्त्री केपी ओलीलाई पनि भेट्नुभएको थियो । के कुरा भयो ?
प्रधानमन्त्रीले मलाई भन्नुभएको थियो, “तपाईले चरित्रमा दाग लाग्ने काम गर्नुभएको होइन ।” मेरो विषयमा प्रधानमन्त्री सकारात्मक नै हुनुहुन्थ्यो ।

प्रकाशित मिति: Aug 4, 2018

प्रतिक्रिया दिनुहोस्