Logo
१३ बैशाख २०८१, बिहीबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सैफ अलि खान छोरी सारासँग फिल्ममा एकसाथ काम गर्दै

एजेन्सी : पछिल्लो समय बलिउड अभिनेता सैफ अलि खान वेब सिरिज ‘सेक्रेड गेम्स’मा व्यस्त छन् ।

उक्त वेब सिरिजबाट चर्चा कमाइरहेका सैफ नयाँ चलचित्रमा आफ्नी छोरी साला अलि खानसँग देखिने भएका छन् । केदारनाथबाट बलिउडमा डेव्यु गर्ने तयारीमा रहेकी सारा उक्त चलचित्रमा सुसान्त सिंह राजपुतसँग अपोजिट देखिन्दै छिन् ।

त्यस्तै उनी अभिनेता रणबीर सिंहसँग चलचित्र ‘सिम्बा’मा देखिन्दै छन् । दुवै चलचित्रको छायाङ्कन सकिसकेका छन् । यति बेला उनी आफ्नो बुवा सैफसँग ‘फिल्मीस्तान’मा देखिने भारतीय मिडियाले उल्लेख गरेको छ ।उक्त चलचित्र पारिवारिक कथामा आधारित रहेको बताइएको छ ।

जसमा सैफ र सारा बुवा–छोरीको भूमिकामा देखिने छन् । सोसल ड्रामामा आधारित चलचित्रलाई नितिन ककडले निर्देशन गर्दै छन् । भारतीय मिडियाको अनुसार चलचित्रको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्