Logo
१२ बैशाख २०८१, बुधबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बक्सअफिस भिडन्त : ‘कायरा’ सँग ‘झमक बहादुर’

काठमाडौं : आर्यन सिग्देल अभिनित चलचित्र ‘कायरा’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् ।

चकलेटी ब्वाई आर्यन र अहिलेकी हटकेक साम्राज्ञीले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण यो फिल्मको दर्शकमा घोषणाको बेलैदेखि व्यग्र प्रतिक्षा थियो । गीतसंगीत र ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक हुनेमा निर्माण टिम विश्वस्त देखिएको छ ।

मल्टिप्लेक्समा उच्च शोज पाएको यो फिल्मले देशभरका ८० हलमा आफ्नो वर्चश्व जमाएको छ । ‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय छ । मल्टिप्लेक्समा एक्लै भएपनि सिंगल थिएटरमा ‘कायरा’ को भिडन्त अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ‘झमक बहादुर’ सँग परेको छ ।

पहिलो ट्रेलर सार्वजनिक भएपछि यो फिल्म दक्षिण भारतीय फिल्म मुम्बई एक्सप्रेसु को फोटोकपी रहेको भन्दै चर्को आलोचना भएको थियो । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ ।

भोमन कटुवाल निर्देशित तथा मिनकुमार तामाङ निर्मित ‘झमक बहादुर’ मा यादब देवकोटा सरापे, राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय छ ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्