Logo
६ बैशाख २०८१, बिहीबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोशीले प्रधानमन्त्रीलाई बुझाए एसएलसी, आइएल सहितको प्रमाणपत्र

काठमाडौं, १८ साउन : संसदीय सुनुवाई विशेष समिति अनिर्णयको बन्दी भइरहेका बेला कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले प्रधानमन्त्री केपी ओलीलाई शैक्षिक योग्यतालगासहितका प्रमाणपत्र बुझाएका छन्। प्रमाणपत्रमा कुनै विवाद नरहेको दाबीसहित जोशीले सम्पर्क सूत्रमार्फत सबै विवरण खुल्ने प्रमाणपत्र बुझाएका हुन्। राष्ट्रिय विद्यापिठ, वीरगञ्जबाट २०२९ सालमा प्रवेशिका परीक्षा उत्तिर्ण गरेका प्रमाणपत्रलगायत सबै विवरण बुझाएका छन्। शंका निवारणका लागि बुधबारै प्रधानमन्त्री निबासमा प्रमाणपत्र बुझाएको जोशी निकट स्रोतले बतायो।

उनले आफ्नो ‘३६६७’ सिम्बोल नम्वरसहित उतिबेलाको गोरखापत्रमा प्रकाशित परीक्षाफल, नेपाल राष्ट्रिय विद्यापीठ वीरगञ्जको प्रवेशपत्र, आइएल अध्ययनको भर्नाका लागि प्रवेशिका परिक्षा उत्तिर्ण भएको भन्दै त्रिविले दिएको प्रमाणित प्रतिलिपि, विद्यापिठद्वारा प्रवेशिका उत्तिर्ण भएको प्रमाणपत्र, जन्म मिति २०११ साल असोज २४ गते जनिएको चारित्रिक प्रमाणपत्रलगायतको फोटोकपी प्रधानमन्त्रीलाई दिएका छन्। कामु प्रधानन्यायाधीश जोशीले आफुले वीरगञ्ज विद्यापिठबाट एउटै सिम्बोल नम्बरमा प्रवेशिका उत्तिर्ण गरेको भन्दै बाहिर प्रायोजित रुपमा विवाद उत्पन्न गरिएको बताए। ‘मैले टेष्ट परिक्षा मात्र विजय मेमोयिल स्कुलबाट गरेको हुँ’ जोशीले भने, ‘प्रवेशिकाको सिम्बोल नम्बर विद्यापिठबाट प्रवेशिका उत्तिर्ण हुँदाको हो। सिम्बोल नम्बर एउटै हुन्छ। त्यो मेरै हो।

अरुको खोजेपछि मेरो कहाँबाट भेटिन्छ ? ’ उनले सुनुवाई समितिले ‘मन लागेको गरोस्’ भन्दै भन्नुपर्ने कुरा केही नरहेको पनि बताए। जोशीसँगै आइएल पढेका सहपाठी अम्बरिस मैनालीले जोशी एसएलसी उत्तिर्ण भएपछि आफुसँगै आइएल पनि उत्तिर्ण भएको बताए। सुनुवाई समितिमा नेकपा निकट एक सदस्यले जोशीले एसएलसी उत्तिर्ण गरेको भनिएका प्रमाणपत्र दुईवटा देखिएकाले शंका उत्पन्न भएपछि छानविन भइरहेको बताए।

‘वीरगञ्जको विद्यापिठ र विजय मेमोरियल स्कुलको भिन्नभिन्न सर्टीफिकेट देखिएकाले शंका निवारणका लागि छानविन गर्नुपर्ने अबस्था आएको हो,’ ति सभासद्ले भने। जोशीको सिफारिस पुनः परिक्षणका लागि संवैधानिक परिषदमा पठाउने की भन्ने बिषयमासमेत समितिका सदस्यविच विहीबार अनौपचारिक छलफलसमेत भएको थियो। (वक्स) जोशी न्यायाधीशसँग चिया पिएर फर्किए

जोशीले सर्वोच्चमा कुनै मुद्दा हेरेनन्

एक सातासम्म संसदीय सुनुवाई विशेष समितिको निर्णय नआएपछि तनावमा रहेका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले विहीबार सर्वोच्चमा कुनै मुद्दा हेरेनन्। उनी सर्वोच्चका सहकर्मी न्यायाधीशसँग दिउँसो चिया पिएर फर्किएका थिए। जोशी ठिक बाह्र बजेर दश मिनेटमा आफ्नो कार्यकक्षमा पुगेका थिए। उनी न्यायाधीशसँग चिया पिएर एकैछिन मात्र सर्वोच्चमा बसे। ‘उहाँ ढिलो गरी आउनुभयो।

उहाँकै कक्षमा अरु न्यायाधीशसँग एकैछिन सामान्य कुराकानी गर्नुभयो र केही समयमा बाहिरिनुभयो,’ सर्वोच्चका एक न्यायाधीशले अन्नपूर्णलाई जानकारी दिँदै भने, ‘संसदीय सुनुवाई र नीजि बिषयमा केही कुरा भएन।’ सँगै चिया पिएका ति न्यायाधीशका अनुसार कामु प्रधानन्यायाधीश जोशी भेटघाटमा खासै केही बोलेनन्। उनको भाबभङ्गी तनावपूर्ण देखिन्थ्यो। जोशी हाजिर गरेर बाहिरिए।

जोशीले कार्यकक्षमा प्रायः सर्वोच्चका सबै न्यायाधीशसँग सामुहिक भेट गरेका थिए। अघिल्लो दिन बुधबार पनि जोशीले आफुसहित न्यायाधीशहरु ओमप्रकास मिश्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेसँगै संवैधानिक इजलासमा रहेर एउटा मुद्दामा मात्र सुनुवाई गरेका थिए। जोशीलाई भेट्न पुगेका सर्वोच्चका मुख्य रजिष्ट्रार राजन भट्टराईलगायतका विशिष्ट अधिकारीलाई ‘के छ साथीहरु ? ’ भन्दै सोधेका थिए।

त्यसपछि जोशीले ‘अब त साथी भन्न पनि नहुने भयो’ भन्दै ठट्टा पनि गरेका थिए। विहीबार भएको संसदीय सुनुवाईकाक्रममा समिति सदस्य रहेका सभासद्लाई ‘साथी’ भनेर संबोधन गरेपछि आपत्ती प्रकरण भएको थियोभन्दै अन्नपुर्णपोष्टमा खबर छ । त्यसपछि जोशीले आफु पनि माननिय भएका कारण साथी भनेर संवोधन गरेको प्रश्टोक्ति दिए र अन्यथा भएको भए क्षमा गर्न भनेका थिए।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्