Logo
१५ चैत्र २०८०, बिहीबार
(August 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहा पाईराख्नुस्: आज साउन १६ गते बुधबार के लेखिएको छ तपाईको राशिफलमा

वि.सं.२०७५ साल साउन १६ गते । बुधबार । ईश्वी सन् २०१८ अगष्ट ०१ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण कृष्ण पक्ष । तिथि चतुर्थी,३ घडी ५६ पला,बिहान ७ बजेर ०२ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र पूर्वाभाद्रपदा,९ घडी ४३ पला,बिहान ९ बजेर २० मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग अतिगण्ड २० घडि ३४ पला,दिउसो १ बजेर ४१ मिनेट उप्रान्त सुकर्मा । करण वालव,बिहान ७ बजेर ०२ मिनेट उप्रान्त कौलव,बेलुकी ७ बजेर २३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा पद्य योग । चन्द्रराशि मिन । पञ्चक । काठमाडौंमा सूर्योदय ५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ५१ मिनेट । दिनमान ३३ घडी ३० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : गैर सरकारि सस्था तथा बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । लामो यात्राको अभिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुदाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : सरकारि तथा प्रशासनिक स्थरबाट आवस्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुँने छैनन् । प्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको बिकाश हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ । बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने बिभिन्न क्रियाकलापमा सहभागि भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । बुवा वा बुवा सरहका मानिससँग सहभागि भई उपलब्धिमुलक शिक्षा लिने अवसर जुर्नेछ । समाजसेवामा समय लगानि गर्नेहरुले सोचेजस्तै सफलता पाउने समय रहेकोछ । नया काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : बिभिन्न अवसर आएपनि समयमा सजक नबन्दा पछि परिनेछ । छोटो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । भौतिक तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गनुहोला बढिनै उत्साहित हुदा नकारात्मक परिणाम आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथिको सहयोग नपाईने योग रहेकोछ । साथिभाई तथा आफन्त जनसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि स्वास्थ्यमा समस्या देखिनेछ । अरुकै काममा व्यस्त हुनुपर्दा आफ्नो काम थाति रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) : निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ । गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहने छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमता पुर्वक गरिएको श्रमबाट मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ । आफन्त तथा परिवारको साथ सहयोगले काममा हौसला जाग्नेछ भने छोराछोरिको पनि समर्थन प्राप्त हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : आफन्तहरु टाडिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनिति थता समाजसेवामा जनताको काम गर्दापनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर आमा सँग पनि मनमुटाब सिर्जना हुनेछ । पढाई लेखाईमा समय तथा ध्यान दिन सके सफलता हात लाग्नेछ । कृषि तथा सहकारि व्यावसायलाई भने समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभे लिन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिम सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ भने प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : नया नया कामको प्रश्ताव आउनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएरु जानेछन् । छोटो तथा लामो दुरिको उपलब्धिमुलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा दाजुभाई हरुको सहयोग प्राप्त हुनेछ । पढाई लेखाईमा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : राजनिति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला किनकी प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । व्यापार व्यावसाय बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् । प्रेम प्रशङगमा सामान्य मनमुटाब सिर्जना हुँन सक्छ ध्यान दिनुहोला ।

 

प्रकाशित मिति: Aug 1, 2018

प्रतिक्रिया दिनुहोस्