Logo
१३ बैशाख २०८१, बिहीबार
(August 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चामलको पिठो प्रयोग गरेर अनुहार चम्किलो बनाउने उपाय जानिराखौँ

छालासँग जोडिएका कतिपय समस्यालाई घरमा नै सजिलै उपलब्ध हुने सामाग्रीबाट समाधान गर्न सकिन्छ । हाम्रो भान्छामा कतिपय यस्तो सामाग्री हुन्छन् जसको प्रयोग गर्न जानियो भने धेरै समस्यालाई समाधान गर्न सकिन्छ । यस्ता घरेलु उपायको मुख्य फाइदा भनेको साइडइफेक्ट नहुनु हो । आज हामी चामलको पिठो प्रयोग गरेर विभिन्न समस्याको समाधान गर्ने उपायको बारेमा जानकारी दिँदै छौँ ।

१.आँखा तल्लो भागमा देखिने कालो घेरालाई हटाउनको लागि
दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर फिट्ने

दामको तेल राखेर फिट्ने । तयार भएको पेष्टलाई कालो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ ।

२. कालो दाग र मुसा आउने समस्याको लागि उपयोगी
चामलको पिठोमा एक चम्चा मह र ध्युकुमारीको जेल मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई प्रभावित ठाउँमा लगाउने गर्नाले कालो दाग र आएको मुसा हराएर जान्छ ।

३. घामले डढेको छालाको कालो धब्बालाई हटाउन मद्दतगार
एक चम्चा चामलको पिठोमा कागतीका रस मिलाएर पेष्ट बनाउने । तयारी पेष्टलाई डढेको छालामा लगाएर सुस्क दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ ।

४. अनुहारमा देखिने बुढौलिपन हटाउनको लागि
चामलको पिठो जवान देखिने एक राम्रो सामाग्री हो । अनुहारमा कम उमेरमै बुढौलिपन देखिने नदिनको लागि अण्डामा चामलको पिठो मिलाएर त्यसमो दुई थोपा ग्लिसरीन राख्ने । यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहारमा चमक आउनुको साथै जवान पनि देखिन्छ ।

प्रकाशित मिति: Aug 1, 2018

प्रतिक्रिया दिनुहोस्