Logo
११ बैशाख २०८१, मंगलबार
(July 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३० वर्षसम्म न्याय सेवामा काम गरिसकेका जोशीबारे अहिले सुनुयोजित विवाद : गच्छदार

विराटनगर, १५ साउन : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले दीपकराज जोशीलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने माग गरेका छन् । ३० वर्षसम्म विवाद नभएको प्रमाणपत्रमा अहिले सुनुयोजित रुपमा विवाद गरिएको भन्दै गच्छदारले प्रधानन्यायाधीशमा जोशीकै नियुक्ति हुनुपर्ने माग गरे ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले ३० वर्ष न्याय सेवामा काम गरिसकेको व्यक्तिको प्रमाणपत्र छानबिन गर्नुपर्छ भन्नु बाहनामात्र भएको बताए । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने विषयमा संसदीय सुनुवाई समितिमा विवाद भइरहेका बेला गच्छदारले जोशीको नियुक्ति हुनुपर्ने माग गरेका हुन् ।

कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले न्यायपालिका र प्रशासनिक क्षेत्रमा हस्तक्षेप गर्ने नीति लिएर अघि बढेको भन्दै कांग्रेसलाई स्वीकार्य नहुने बताए । ‘संवैधानिक अंगमाथिको प्रहार कांग्रेसलाई कुनै पनि हालतमा स्वीकार्य हुन्न, आम जनतालाई सरकारको विरुद्धमा कांग्रेसले सडकमा उतार्छ’ उनले भने । सरकारले दुई तिहाइको दम्भमा संविधान मिच्ने काम गरेको पनि उनले आरोप लगाए ।

प्रकाशित मिति: Jul 31, 2018

प्रतिक्रिया दिनुहोस्