Logo
७ बैशाख २०८१, शुक्रबार
(July 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बिहानैदेखि पशुपति मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड

काठमाडौँ : साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने व्यवस्था गरिएको छ ।

लाम व्यवस्थित गरिएकाले आधा घण्टामा दर्शन गरेर फर्कन सकिन्छ । विशेष पूजा गर्ने र सुन्दरीज ललगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने बोल बम यात्रीलाई छुट्टै लामको व्यवस्था गरिएको छ । लाममा दर्शन गर्ने भक्तजन जुन ढोकाबाट छिरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ ।

चन्द्रमासअनुसार श्रावण मास लागेपछिको पहिलो सोमबार भएकाले बोल बम यात्री एवं भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

प्रकाशित मिति: Jul 30, 2018

प्रतिक्रिया दिनुहोस्