Logo
१३ बैशाख २०८१, बिहीबार
(July 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘मिस्टर भर्जिन’को ट्रेलर सार्बजनिक

काठमाडौं : चलचित्र ‘मिस्टर भर्जिन’को ट्रेलर सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो

केहि दिन अघि सार्वजनिक टिजरबाट निकै राम्रो प्रतिकृया बटुलेको चलचित्र ‘मिस्टर भर्जिन’को दुइ वटा गीत र टिजर सार्वजनिक भईसकेको छ । विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’ यही भाद्र १ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको छ ।

चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर। दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर।जेको सङ्गीत रहेको छ । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा।लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

प्रकाशित मिति: Jul 30, 2018

प्रतिक्रिया दिनुहोस्