Logo
१२ बैशाख २०८१, बुधबार
(July 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपरिषदमा राजपा कार्यकर्ताबीच झडप, तीन घाइते

गौशाला : महोत्तरीको पिपरा गाउँपालिकाको दोस्रो गाउँपरिषद भइरहेका बेला आइतबार परिषदमै कुर्सी हानाहान भएको छ । परिषद्को विरोध र बहिष्कार गरेपछि अध्यक्ष पक्षका नेता कार्यकर्ता प्रतिकारमा उत्रिँदा दोहोरो झडप र कुर्सी हानाहान भएको थियो ।

राजपा नेपालका अध्यक्षसहित बहुमतको स्थानीय सरकार रहेको पिपरा गाउँपालिकाको परिषद् भइरहेका बेला राजपा नेपालकै नेता कार्यकर्ताले परिषद्को विरोध र बहिष्कार गर्दा कुर्सी हानाहान भएको हो । राजपा नेपालका पिपरा गाउँपालिकास्तरीय पार्टी समितिका अध्यक्ष विनित पाण्डेको नेतृत्वमा गएको ५०/६० जना नेता कार्यकर्ताले गाउँपालिकाका अध्यक्ष विनोद चौधरीले पार्टीका कसैसँग कुनै राय परामर्श नगरी एकलौटीरुपमा परिषद् गर्न लागेको आरोप लगाए ।

परिषद् सुरु हुनेबित्तिकै विरोधी पक्षको तर्फबाट विनित पाण्डेले मञ्चमा पुगेर माइक खोसेर सबैलाई परिषद् हुँदैन भन्दै बाहिर जान भनेको र अन्य ५०/६० जनाले कुर्सी, टेबुल तोडफोड गर्न थालेपछि दोहोरो झडप भएको थियो । राजपाकै दुई गुटबीच परिषदमै भएको झडपमा परेर विरोधी पक्षका तीन जना सामान्य घाइते भएको पाण्डेले बताए । साथै केही कुर्सी र माइक पनि तोडफोड भएको उनले बताए ।

प्रकाशित मिति: Jul 30, 2018

प्रतिक्रिया दिनुहोस्