Logo
७ बैशाख २०८१, शुक्रबार
(July 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः सरकार र डा. केसी पक्षबीचको वार्तामा सहमति

काठमाडौं : सरकार र डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ । डाक्टर गोविन्द केसी पक्षीय वार्ता टोलीका सदस्य सुरेन्द्र भण्डारीले वार्ता अन्तिम चरणमा पुगेको र सरकारी टोलीले सहमतिका लागि राखेको प्रस्ताव सकारात्मक रहेको बताए ।

वार्तापछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरु सरकारी टोलीले सहमतिका लागि अघि सारेको प्रस्ताव लिएर डाक्टर गोविन्द केसीलाई भेट्न जान लागेको र उनले सो प्रस्तावमा सहमति जनाए केहि घण्टामै शुभ खबर सुन्न पाइने प्रतिक्रिया दिए ।

उनका अनुसार डाक्टर केसीले सरकारी प्रस्तावका सम्बन्धमा सहमति जनाए प्रधानमन्त्री बालुवाटारमा गएर सहमतिलाई अन्तिम रुप दिने र त्यसपछि केसीको अनसन तोडिने बताए ।  डा. केसी विगत २७ दिनदेखि अनसनरत छन् ।

अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय बनेका थिए । उनले बुधबार साँझको वार्ता विफल भएपछि आफ्नै सक्रियतामा केसी पक्षसँग मध्यरातमा बालुवाटरमा छलफल गरेका थिए ।

उक्त वार्तामा केसीका तर्फबाट डा अभिषेक सिंह र अधिवक्ता सुरेन्द भण्डारी रहेका थिए भने सरकारकातर्फबाट सरकारी वार्ता टोलीसहित डा दिव्यासिंह साह तथा नेकपाका नेता समेत रहेका सुवासचन्द्र नेम्वाङ सहभागि थिए । उक्त वार्तामा केसीका मागका सम्बन्धमा गम्भीर छलफल भएको र सहमतिको वातावरण बनेको थियो ।

सो पछि बिहिबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा सहमतिको मोटामोटी खाका तयार हुनेसम्मको अवस्था आएको हो । श्रोतका अनुसार मध्यरातमा प्रधानमन्त्रीकै उपस्थितिमा भएको वार्तामा विधेयक फिर्ता भने नगर्ने बरु विधेयकमा केसीका माग समेट्न सकिनेमा प्रधानमन्त्री समेत सकारात्मक भएका थिए ।

प्रकाशित मिति: Jul 26, 2018

प्रतिक्रिया दिनुहोस्