Logo
८ बैशाख २०८१, शनिबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनिर्णयको बन्दीमा उपेन्द्र यादव : प्रचण्डसँग नजिक, ओलीसँग मनमुटाव !

काठमाडौं, ६ साउन : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेर केपी शर्मा ओली नेतृत्वको सरकारमा त सहभागी भए तर उनी पछिल्लो समय अनिर्णयको बन्दी बनेका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुले नै उनीविरुद्ध संविधान संशोधन गराउन कुनै गम्भिर पहल नगरेको अभिव्यक्ति दिन थालेका छन् ।

श्रोतका अनुसार प्रधानमन्त्री ओलीसँग पनि उनको मनमुटाव बढिरहेको छ । बरु नेकपाकै अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगउनको मन मिलिरहेको छ । यादवलाई सरकारमा सहभागी गराउन नेकपाबाट प्रचण्डलै नै बढि भूमिका खेलेका थिए ।

हुन पनि यादव सरकारमा सहभागी हुनु पुर्व चर्को स्वरमा आजै संविधान संशोधन गर्नुपर्छ भन्ने अडान लिन्थे । तर, सरकारमा सहभागी भएलगत्तै उनको त्यो स्वर मलिनमात्रै बनेन, बिस्तारै संविधान संशोधनको विषयमा उनी रिजर्भ बसिरहेका छन् ।

सरकारमा गए तर संविधान संशोधनको एजेण्डामा यादव ओझेलमा परेको गुनासाहरु पार्टीभित्रैबाट आईरहेका छन् । अर्को कुरा मन्त्री यादव अनशनरत डाक्टर गोविन्द केसीको पक्ष वा विपक्ष के हो भन्ने कुरामा अझैसम्म खुलेका छैनन् । यादव स्वास्थ्यमन्त्री छन् । तर उनले जति जिम्मेवारी बहन गर्नुपर्दथ्यो, त्यति भूमिका निर्वाह गर्न सकेका छैनन् ।

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्