Logo
१५ चैत्र २०८०, बिहीबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु

पाल्पा : तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र१९ वर्षीय उमेश कुमाल छन् । आज अपराह्न ट्रकले अगाडि गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना २५० मिटर तल तिनाउ खोला किनारमा खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

पाल्पाबाट बुटबल जाँदै गरेको ना३ख १००८ नंको ट्रकले सोही दिशातर्फ गइरहेको लु२१ख ९६८० नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । तिनाउ खोलाबाट उनीहरुको शव डोरीको प्रयोग गरेर निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल सडकभन्दा केही तल भीरमा अड्केको छ ।

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्