Logo
१३ बैशाख २०८१, बिहीबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व-प्रधानमन्त्री डा. भट्टराई आजबाट युरोप भ्रमणमा, यस्तो छ कार्यक्रम

काठमाडौं, ६ साउन : पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आज रुस भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा उनी रुस हुँदै युरोपका विभिन्न देशहरु (स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली) पनि जाने बताइएको छ । डा. भट्टराई प्राज्ञिक भ्रमणका लागि रुस जान लागेका हुन् ।

साथै डा. भट्टाईले प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट, अन्तरक्रिया तथ छलफल गर्नेछन् । आफ्नो ज्ञानको दायरा फराकिलो पार्न तथा आफ्नो अनुभव आदानप्रदान गर्न भ्रमण केन्द्रित हुने डा. भट्टराईले बताए ।

भ्रमणकै क्रममा उनी गैह्र आवासीय नेपाली संघको निमन्त्रणामा साउन १३ गतेदेखि लक्जमवर्गमा हुने गैह्र आवाशीय नेपाली संघको युरोपीय क्षेत्रीय वैठकमा पनि सहभागी हुनेछन् । डा. भट्टराई साउन २३ गते काठमाडौं फर्कने कार्यक्रम छ ।त्यस्तै उनले जर्मनीमा रहेका नेपालीहसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । ड. भट्टराईसँग भ्रमणमा पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि सहभागी हुनेछिन् ।

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्