Logo
१५ चैत्र २०८०, बिहीबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्तरिक मामिला मन्त्रीको लिखित प्रतिवद्धता पछि धरना समाप्त

रौतहट जिल्ला स्थित गौर राईस मिलको जग्गा बचाऊ संघर्ष समिति द्वारा जारी धारणा २८ औ दिनमा स्थगित भएको छ। प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले गौर राईस मिलको जग्गा को ७ दिन भित्र उच्च स्तरीय छानविन समिति बनाएर वास्तविकता छानविन गर्ने लिखित प्रतिवद्धता जनाएपछि २७ दिन देखि जारी धारणा कार्यक्रम समाप्त भएको हो।

प्रदेश सरकारको ऐतिहासिक जग्गाको रुपमा रहेको सो मिलको जग्गा निजी हो की सरकारी हो भन्ने पत्ता लगाएर अधिग्रहण गर्ने गरेको निर्णय आन्दोलनकारी समक्ष मन्त्री यादवले प्रस्तुत गरेका थिए। आन्दोलनकारीहरुले सरकारले लिखित प्रतिवद्धता जनाए धारणा समाप्त गर्ने अड़ान लिए पछि लिखित प्रतिवद्धता गरिएको थियो।

मन्त्री यादवले राईस मिलको जग्गा बचाउन प्रदेश सरकार गम्भीर रहेकोले जग्गा जनताको हुनेमा शंका नगर्न आन्दोलनकारीहरुलाई विश्वास दिलाएका हुन।  गौर नगरपालिकाले चालू आर्थिक वर्षको बजेटवाट मुआवजा दिनको लागि १ करोड़ ७० लाख रकम विनियोजन गरिसकेको अवस्था मा बाकी रकम व्यवस्था गर्नलाइ आन्दोलनकारीहरुले मन्त्री समक्ष प्रस्ताव नराखी जग्गा को छानविन गरिनुपर्ने मात्र प्रस्ताव गरेका थिए।

२०२१ सालमा सर्वे नापी हुदा मिलले चर्चे को जग्गा ५ विगहा १९ कठ्ठा १५ धुर जग्गा गौर राईस मिल एन्ड फलोरको नाउमा सर्वे भई जग्गाधानि दर्ता प्रमाण पुर्जा समेत कायम भइसकेको छ। २००३ सालमा स्थापना भएको सो मिलको संचालक समितिमा भएका नेपाल र भारतका शेयर धनिको अतोपतों समेत नरहेको खण्डमा २०६६ साल तीर नक्क्ली संचालक समिति बनाएर कम्पनी येनमा दर्ता गराएर भू माफियाको समूह जग्गा विक्री गर्ने सडयंत्र गरिरहेका छन।

कृषि ,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले राईस मिलको जग्गा प्रदेश सरकारले जसरी भए पनि अधिग्रहण गर्ने बताएका छन।  संघर्ष समितिका संयोजक चन्देश्वर राउतले प्रतिवद्धता कार्यान्वयन नभएमा पुनः आन्दोलन गर्ने समेत चेतावनी दिएका छन।

गौर नगरपालिका का प्रमुख अजय कुमार गुप्ताले उच्च अदालतबाट ३ दिन भित्रमा आदेश आएको जानकारी गराएका छन। गौर नगरपालिका कार्यालयले राईस मिलको संचालक समितिको वैधानिकता माथि चुनौती दिदै अदालतमा मुद्दा दायर गरिएको जानकारी दिएका छन।

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्